मंगलवार, आश्विन २०,२०८३ 06:27:08
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 06:27:08
सानिमा ग्रोथ फन्डले इकाइधनीलाई ५% नगद लाभांश वितरण गर्ने
Capital Market

सानिमा ग्रोथ फन्डले इकाइधनीलाई ५% नगद लाभांश वितरण गर्ने

काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फन्डले इकाइधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।सानिमा ग्रोथ फन्डले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई ५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फन्डले सार्वजनिक गरेको सूचनाअनुसार...

सर्वसाधारणका लागि हिमालयन बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि हिमालयन बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न श्री डिष्टिलरीले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न श्री डिष्टिलरीले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २६ गते काठमाण्डौमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु अनुमोदन गरिनेछ ।

कर बढाउँदा पनि बढेन राजस्व, सेयर कारोबारबाट सरकारको आम्दानी १.५० अर्बले घट्यो
Capital Market

कर बढाउँदा पनि बढेन राजस्व, सेयर कारोबारबाट सरकारको आम्दानी १.५० अर्बले घट्यो

काठमाण्डौ । सेयरबजारको सूचक र कारोबार रकम कमजोर बनेसँगै सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ठूलो गिरावट आएको छ।चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा सरकारले सेयर कारोबारबाट १ अर्ब २५ करोड ७६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ।यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.४२ प्रतिशत कम हो। गत वर्ष साउन र भदौमा सरकारले सेयर...

१० कित्ताका लागि २३ लाखको दौड, बेनी हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुँदै !
Capital Market

१० कित्ताका लागि २३ लाखको दौड, बेनी हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुँदै !

काठमाण्डौ ।  बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ भोलि अर्थात् असोज ५ गते बाँडफाँड हुने भएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २००...

सेयरबजारबाट एक वर्षमै गायब भयो रु.१.९४ खर्बको कारोबार, कहाँ गयो पैसा ?
Capital Market

सेयरबजारबाट एक वर्षमै गायब भयो रु.१.९४ खर्बको कारोबार, कहाँ गयो पैसा ?

काठमाण्डौ । नेपाली सेयरबजारमा लगानीकर्ताको सक्रियता उल्लेख्य रूपमा घटेको देखिएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना साउनमा कुल ९५ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  यो कारोबार गत आर्थिक वर्षको साउनको तुलनामा ६७.०७ प्रतिशत कम हो । गत वर्ष साउनमा नेप्सेमा करिब २ खर्ब ८९ अर्ब ५९ करोड रुपैयाँ बराबरको...

लगानीकर्ताले एक वर्षमा लिए २२ अर्ब सेयर लोन, बजारमा किन देखिएन पैसा ?
Capital Market

लगानीकर्ताले एक वर्षमा लिए २२ अर्ब सेयर लोन, बजारमा किन देखिएन पैसा ?

बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा उल्लेख्य रूपमा बढेको छ। तर, त्यही अनुपातमा रकम सेयर बजारमा नआउँदा पछिल्लो समय बजारको कारोबार रकम भने खुम्चिँदै गएको देखिएको छ।चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्।गत आर्थिक वर्षको सोही अवधिसम्म यस्तो कर्जा १...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’, लक्जरी क्रुज बजार विस्तारमा जोड
Capital Market

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’, लक्जरी क्रुज बजार विस्तारमा जोड

 काठमाण्डौ । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ।नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन क्रुजिङका नयाँ सम्भावनाबारे छलफल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो।कार्यक्रममा...

नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन सिक्युरिटीज बैंकर नियुक्त
Capital Market

नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन सिक्युरिटीज बैंकर नियुक्त

काठमाण्डौ । नेपाल माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले हिमालयन सिक्युरिटीज बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ ।  कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन सिक्युरिटीज बैंकरलाई सेयर...

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

 काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर...

लगानीकर्तालाई कात्तिकमा ‘लामो छुट्टी’, नेप्सेमा केवल १२ दिन कारोबार
Capital Market

लगानीकर्तालाई कात्तिकमा ‘लामो छुट्टी’, नेप्सेमा केवल १२ दिन कारोबार

काठमाण्डौ। आगामी कात्तिक महिना सेयर बजारका लगानीकर्ताका लागि वर्षकै सबैभन्दा छोटो कारोबार अवधि भएको महिना बन्ने देखिएको छ। दसैँ, तिहार र छठ पर्वका सार्वजनिक बिदासँगै शनिबार–आइतबारका नियमित साप्ताहिक बिदा जोडिँदा कात्तिकका ३० दिनमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा केवल १२ दिनमात्रै कारोबार हुने प्रारम्भिक हिसाब देखिएको हो।कात्तिक २०८३ को नेपाली पात्रो तथा सरकारले...

कालिञ्चोक हाइड्रोपावरको ४ लाख १२ हजार कित्ता सेयरको लक–इन खुल्दै
Capital Market

कालिञ्चोक हाइड्रोपावरको ४ लाख १२ हजार कित्ता सेयरको लक–इन खुल्दै

काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४ लाख १२ हजार ५०० कित्ता साधारण सेयरको लक–इन अवधि आगामी कात्तिकमा समाप्त हुने भएको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लक–इन अवधि २०८३ कात्तिक ६ गते अर्थात् सन् २०२६ अक्टोबर २३ मा सकिनेछ।

६ प्रतिशत लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, बोनसपछि पूँजी १२.४५ अर्ब पुग्ने
BANKING

६ प्रतिशत लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, बोनसपछि पूँजी १२.४५ अर्ब पुग्ने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्तावित ६ प्रतिशत लाभांश पारित गर्न २८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बुधबार कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत...

सुधारको आशामै लगानीकर्ताको सम्पत्ति १ खर्ब ९९ अर्ब बढ्यो, ६ कारोबार दिनमा बजारले लियो छलाङ
Capital Market

सुधारको आशामै लगानीकर्ताको सम्पत्ति १ खर्ब ९९ अर्ब बढ्यो, ६ कारोबार दिनमा बजारले लियो छलाङ

काठमाण्डौ । सरकारले पूँजीबजार सुधार तथा पुनरुत्थानका अजेण्डा अघि बढाउने तयारी गरेको सूचना बाहिरिएसँगै उत्साहित बनेका लगानीकर्ताले २१ बुँदे कार्ययोजना सार्वजनिक भएपछि थप बल पाएका छन्। सुधारको अपेक्षाले सेयरको मूल्य बढ्दा जम्मा ६ कारोबार दिनमै लगानीकर्ताको कागजी सम्पत्तिमा झन्डै २ खर्ब रुपैयाँ थपिएको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्यांकअनुसार भदौ २५ गते अर्थात्...

थ्री स्टार हाइड्रोले तीन एजीएम एकैपटक गर्दै, शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने
Capital Market

थ्री स्टार हाइड्रोले तीन एजीएम एकैपटक गर्दै, शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने

सेयरमा सोझै लगानी गर्न डराउनुहुन्छ ? इक्विटी म्युचुअल फन्ड बन्नसक्छ विकल्प
Capital Market

सेयरमा सोझै लगानी गर्न डराउनुहुन्छ ? इक्विटी म्युचुअल फन्ड बन्नसक्छ विकल्प

काठमाण्डौ । लगानीका लागि सेयर बजार, बैंकको मुद्दती निक्षेप, सुन, ऋणपत्र तथा सरकारी बचत योजनासहित थुप्रै विकल्प उपलब्ध छन्। यिनैमध्ये पछिल्लो समय व्यवस्थित लगानीको माध्यमका रूपमा म्युचुअल फन्डप्रति सर्वसाधारणको आकर्षण बढिरहेको छ।म्युचुअल फन्डमा लगानी गर्दा लगानीकर्ताले आफैँ कम्पनी छानेर दिनहुँ सेयर किनबेच गर्नुपर्दैन। संकलित रकमलाई फन्ड व्यवस्थापकले पूर्वनिर्धारित...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ६ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र...

एक वर्षमा लगानीकर्ताको १ खर्ब ८ अर्ब सम्पत्ति गायब, नेप्से ५.१८% ले घट्यो
Capital Market

एक वर्षमा लगानीकर्ताको १ खर्ब ८ अर्ब सम्पत्ति गायब, नेप्से ५.१८% ले घट्यो

काठमाण्डौ । नेपालको सेयर बजार एक वर्षको अवधिमा ५.१८ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तमा नेप्से परिसूचक २६४३.८४ विन्दुमा कायम भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा नेप्से परिसूचक २७८८.३७ विन्दुमा रहेको थियो। यस आधारमा एक वर्षमा नेप्से १४४.५३ विन्दुले अर्थात् ५.१८ प्रतिशतले घटेको हो।नेप्से परिसूचकसँगै धितोपत्र बजार...

साउनमै बैंकिङ प्रणाली सुस्तः निक्षेप २२ अर्बले घट्दा कर्जा पनि ७ अर्बले खुम्चियो
Capital Market

साउनमै बैंकिङ प्रणाली सुस्तः निक्षेप २२ अर्बले घट्दा कर्जा पनि ७ अर्बले खुम्चियो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाको व्यवसायमा सुस्तता देखिएको छ। असार मसान्तको तुलनामा निक्षेप र कर्जा दुवै घटेका छन् भने बैंकहरूको तरल सम्पत्ति तथा सरकारी धितोपत्रमा गरिएको लगानीसमेत खुम्चिएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको ‘बैंकिङ तथा वित्तीय तथ्याङ्क’अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त...

शिवश्री हाइड्रोपावरको सेयर रजिस्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त
Capital Market

शिवश्री हाइड्रोपावरको सेयर रजिस्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ ।  कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार २०८३ असोज २ गतेदेखि लागू हुने गरी सिटिजन्स क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरिएको हो । कम्पनीले सेयरसम्बन्धी अभिलेख राख्ने, दाखिल–खारेज तथा नामसारी गर्ने, सेयर रोक्का राख्ने र सेयरधनीको विवरण अद्यावधिक गर्नेलगायतका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.