४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.१८ प्रतिशत र निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले घटेको छ...

