दोहोरो अंकको बढोत्तरीसँगै नेप्सेका सबै समूहमा हरियाली, कारोबार एक महिना पछिकै उच्च
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २६.४९ अंकले बढेर २ हजार ७२२.७३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशतले बढेर ४५८.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर १०...

