नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने एक महिना पछिकै उच्च
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.१४ अंकले घटेर २ हजार ६३५.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४८.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता...

