रुरु जलविद्युतको १०.५२६३% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस २५ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित १०.५२६३ प्रतिशत नगद लाभांश(कर सहित) पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।