सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, दुईमा लाग्यो सर्किट
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.०३ प्रतिशत र निर्जीवन बीमा समूह १.९७ प्रतिशतले बढेको छ...

