हाइड्रो समूहमा लगानीकर्ताको आकर्षण, २९६.२७% ले बढ्यो कारोबार
काठमाण्डौ । गत आर्थिक वर्षमा २० खर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनीहरुको कुल २० खर्ब ८८ अर्ब १५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको हो । यो कारोबार रकम अघिल्लो आवको तुलनामा १९१.५६ प्रतिशत बढी हो । अघिल्लो आवमा सूचीकृत १३ समूहका कम्पनीहरुको ७ खर्ब १७ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी हाइड्रो समूहको मात्रै ८ खर्ब...

