सेबोन खुलाउन अर्थमा अनौपचारिक छलफल: कानूनी उपचारको विकल्पमा जान सुझाव, कर्मचारीको माग पूरा नहुने
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीले थालेको आन्दोलन निरन्तर रहे पनि कामकाज पनि सुचारु गर्ने प्रयास थालिएको छ । धितोपत्र बोर्डका उच्च अधिकारीहरु कर्मचारीको आन्दोलन तथा माग निरन्तर रहे पनि कामकाज ठप्प नपारी सरकारलाई दवाब दिने रणनीतिमा आन्दोलनरत पक्षलाई कन्भिन्स गर्ने प्रयासमा लागेको देखिएको हो ।

