कम्पनी भन्छ ‘दादागिरीले साधारणसभा गर्न सकिएन’, सेयरधनी भन्छन्, ‘विशेष साधारण सभा डाकेर कम्पनी अघि बढाउँछौं’
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।केही लगानीकर्ताले सेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध गरेको...

