एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहकहरुलाई १०% छुटको व्यवस्था
काठमाण्डौ । एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।

