सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाण्डौ । अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो । सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा...

