निरन्तर घट्दो क्रममा काठमाण्डौको तापक्रम, कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाण्डौ । काठमाण्डौको तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । अघिल्लो दिन अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियस रहेको काठमाण्डौको आजको अधिकतम तापक्रम २९.२ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाण्डौमा २३.६ मिलिमिटर वर्षाको सम्भावना समेत रहेको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा...

