नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले दुई उपप्रधानमन्त्रीसहित १९ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

