नेपाल मेडिसिटी हस्पिटल र एसबिआई मर्चेण्ट बैङ्किङबीच सम्झौता
काठमाण्डौ। नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा नेपाल मेडिसिटी हस्पिटल प्रा.लि.का कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका हुन्।

