प्रतिनिधिसभा बैठक शुरु, समिति पुनःसमायोजन र बजेट छलफलको कार्यसूची
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज सिंहदरबारस्थित संसद भवनमा शुरु भएको छ। बैठक प्रारम्भसँगै आजको कार्यसूचीमा विभिन्न महत्वपूर्ण विषयहरू समावेश गरिएको छ।
TRENDING
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज सिंहदरबारस्थित संसद भवनमा शुरु भएको छ। बैठक प्रारम्भसँगै आजको कार्यसूचीमा विभिन्न महत्वपूर्ण विषयहरू समावेश गरिएको छ।
काठमाण्डौ । संघीय संसद्को लागि निर्माणाधीन नयाँ भवनको मुख्य बैठक कक्ष तयार भएको छ । यसको तयारी र संरचनागत अवस्थाबारे औपचारिक अवलोकन गरिएको छ।
काठमाण्डौ । कैलालीको गोदावरीमा टेम्पो भीरबाट खसेको घटनाको सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्दै घटनाबारे विस्तृत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।
काठमाण्डौ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। कारबाहीमा परेका चालकबाट रु १० लाख ४८ हजार पाँच सय राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाण्डौ । काठमाडौंबाट जनकपुरतर्फ उडेको बुद्ध एयरको विमानमा उडानका क्रममा प्राविधिक समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित अवतरण गराइएको छ।विमानस्थल स्रोतका अनुसार बिहान ७ः०५ बजे उडान भरेको उक्त विमानको ल्यान्डिङ गियर प्रणालीमा समस्या देखिएको संकेत प्राप्त भएपछि चालक दलले आवश्यक सतर्कता अपनाउँदै काठमाडौं फर्काउने...
काठमाण्डौ आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेश सरकारले आज आ–आफ्नो वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछन्। संवैधानिक व्यवस्थाअनुसार असार १ भित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार सबै प्रदेशले एकै दिन आय–व्यय विवरण सार्वजनिक गर्न लागेका हुन्।
काठमाण्डौ । देशभरका कृषि प्रयोगशालामा गरिएको परीक्षणले बजारमा पुग्ने तरकारीमा विषादीको समस्या अझै कायम रहेको देखाएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ महिनामा परीक्षण गरिएका २५ हजारभन्दा बढी तरकारी नमूनामध्ये १२६ वटामा उपभोग गर्न नहुने स्तरको विषादी अवशेष फेला परेको छ । यद्यपि सरोकारवाला निकायका लागि अझ ठूलो चुनौती भने परीक्षणमा फेल भएका तरकारी तथा फलफूलको...
काठमाण्डौ । अमेरिकाको डलासमा सम्पन्न विश्वकप फुटबलको रोमाञ्चक खेलमा एसियाली पावरहाउस जापानले बलियो युरोपियन टोली नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेल्दै महत्वपूर्ण अंक बाँडेको छ। खेलको अन्तिम क्षणमा जापानले गरेको उत्कृष्ट पुनरागमनले डच टोलीविरुद्ध हार टार्दै अंक खोस्न सफल भएको हो।
काठमाण्डौ । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ । यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरुलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको...
काठमाण्डौ । चार पटकको विश्व विजेता जर्मनीले जारी विश्वकपमा दमदार प्रदर्शन गर्दै समूह ‘ई’ को आफ्नो पहिलो खेलमा प्रभावशाली जीत दर्ता गरेको छ।अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा जर्मनीले पहिलो पटक विश्वकपमा सहभागी कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको हो।
काठमाण्डौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सञ्चालन हुने तय गरिएको छ।
काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावका कारण देशका विभिन्न प्रदेशमा बादल, वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमै आइभोरी कोस्टले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अमेरिकी टोली इक्वेडरलाई १–० ले पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न खेलमा अन्तिम समयमा गरिएको गोल नै अफ्रिकी टोलीका लागि निर्णायक बन्यो।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’ का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् ।काठमाण्डौमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये ७२.२२ प्रतिशत अर्थात् १२ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढी कर्जा बागमती प्रदेशमा केन्द्रित रहेको छ।२०८२ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा कुल १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७।९९ प्रतिशतले बढी हो।
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि महानगरभित्र भाडामा लगाइएका घर, जग्गा तथा अन्य संरचनाहरू अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ। महानगरले सार्वजनिक गरेको नयाँ नीति तथा कार्यक्रममा घरबहाल व्यवस्थालाई औपचारिक र व्यवस्थित बनाउने उद्देश्यसहित यस्तो व्यवस्था अघि सारिएको हो।
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन्।आइतबार काठमाण्डौमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उनले बताए ।
काठमाण्डौ । नेपालमा बसोबास गर्ने विदेशी नागरिकको विवरण अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने गरी सरकारले अध्यागमन कानून संशोधनको प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले यससम्बन्धी नयाँ प्रावधानसहित विधेयकको मस्यौदा सार्वजनिक गरेको हो।
काठमाण्डौ । नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत भ्याट लगाउन थालेपछि यी वस्तुको व्यवसाय चौपट भएको भन्दै संघले भ्याट हटाउन माग गरेको हो ।‘भ्याटका कारण भारतको तुलनामा नेपालमा हिरा र बहुमूल्य पत्थर १२ प्रतिशत महँगो भयो, जसले गर्दा नेपाली ग्राहक ती वस्तु किन्न भारतीय बजार जान थाले, यताको...
काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेट शीर्षकमाथि असार १ र २ गते विस्तृत छलफल हुने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यक्रम तय गरिएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.