गण्डकी प्रदेशले गर्यो वन तथा वातावरणका लागि १ अर्ब २१ करोड बजेट विनियोजन
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि आगामी बजेटमा १ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए।

