सोमबार, असार २९,२०८३ 03:40:00
Bizshala
  • सोमबार, असार २९,२०८३ 03:40:00
पर्यटन बोर्डको बजेट : ७०% अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने
TOURISM

पर्यटन बोर्डको बजेट : ७०% अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने

काठमाण्डौ। नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषीराम भण्डारीले जानकारी दिएका छन् ।बोर्डले सुरक्षित, भरपर्दा र आकर्षण पर्यटकीय स्थलको विकास गरी...

सरकारको ट्रेजरी पोजिसन २० अर्बले घट्यो
NEWS

सरकारको ट्रेजरी पोजिसन २० अर्बले घट्यो

काठमाण्डौ । सरकारको ट्रेजरी पोजिसन गत वर्षको तुलनामा करिब २० अर्बले घटेको छ। २०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ ।

मोबाइल चार्ज गर्न पावर बैंक प्रयोग गर्नुहुन्छ ? हुनसक्छ यस्ता समस्या
OTHERS

मोबाइल चार्ज गर्न पावर बैंक प्रयोग गर्नुहुन्छ ? हुनसक्छ यस्ता समस्या

काठमाण्डौ । स्मार्टफोन खरिद गर्दा अधिकांश मानिसहरू यसको ब्याट्री प्याकमा ध्यान दिन्छन्। आजकल मानिसहरु यस्तो ब्याट्री भएको स्मार्टफोन चाहन्छन् जुन एक पटक फुल चार्ज गरेपछि दिनभर टिक्ने गर्छ । तर, अत्यधिक प्रयोगका कारण स्मार्टफोन चाँडै डिस्चार्ज हुन्छ ।  कयौं पटक मानिसहरु यस्तो ठाउँमा हुन्छन् जहाँ फोन रिचार्ज गर्ने विकल्प हुँदैन । यस्तो अवस्थामा मानिसहरूले पावर बैंकको...

तेस्रोपटक थपियो राहुघाट जलविद्युत् आयोजनाको म्याद
NEWS

तेस्रोपटक थपियो राहुघाट जलविद्युत् आयोजनाको म्याद

काठमाण्डौ । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको हो ।  भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने...

रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर
ECONOMY& POLITICS

रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ४६ लाख १२ हजार रूपैयाँ नगद संकलन भएको छ । बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानका संयोजक दीपक बोहराले यसबारे जानकारी दिएका हुन् ।  बोहराका अनुसार उक्त अभियानका क्रममा खर्च भएको रकम संकलन भएको भन्दा बढी रहेको छ । उक्त...

नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह
ECONOMY& POLITICS

नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह

काठमाण्डौ। निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स (यूएई)को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भावनाहरुमा लगानी गरी छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त गर्न सकिने भन्दै...

तारा फुल्लेल भन्छन्, ‘सेयर बजारमैत्री मौद्रिक नीति आयो, अब ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्छ’
Capital Market

तारा फुल्लेल भन्छन्, ‘सेयर बजारमैत्री मौद्रिक नीति आयो, अब ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्छ’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्यो । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएपछि पहिलोपटक जारी भएको मौद्रिक नीतिको चर्चा यतिबेला आर्थिक वृत्तमा व्यापक हुने गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्र तथा सेयर बजारलाई चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको भन्दै यसको तारिफ गर्नेको जमात ठूलो छ ।  यस्तोमा सेयर...

वीरगञ्ज भन्सारमा गाभियो सुख्खा बन्दरगाह
NEWS

वीरगञ्ज भन्सारमा गाभियो सुख्खा बन्दरगाह

काठमाण्डौ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । वीरगञ्ज भन्सार कार्यालयमा गाभिएसँगै एकीकृत कार्यालयबाट सेवा प्रवाह समेत सुरु भएको छ ।यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो ।

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सको आधिकारिक सुरुवात
NEWS

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सको आधिकारिक सुरुवात

काठमाण्डौ । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रा. लि. ले आजदेखि  नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ।

आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन,१ खर्ब २० अर्ब वृद्धि
NEWS

आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन,१ खर्ब २० अर्ब वृद्धि

काठमाण्डौ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो ।  आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६...

प्रधानमन्त्री ओलीलाई जसपाको समर्थन फिर्ता, राष्ट्रिय सभामा अल्पमतमा पर्‍यो सरकार
ECONOMY& POLITICS

प्रधानमन्त्री ओलीलाई जसपाको समर्थन फिर्ता, राष्ट्रिय सभामा अल्पमतमा पर्‍यो सरकार

काठमाण्डौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।सांसद प्रकाश अधिकारीका अनुसार, पार्टीले उठाएका मुद्दाहरूलाई बेवास्ता गर्दै आएको सरकारसँग अब समर्थन जारी राख्न उचित नदेखिएको निष्कर्षमा पार्टी...

आईएमई रेमिट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ व्यवसायी फर्मलाई सीआईपी सम्मान, पाउँनेछन् यी १० सुविधा
ECONOMY& POLITICS

आईएमई रेमिट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ व्यवसायी फर्मलाई सीआईपी सम्मान, पाउँनेछन् यी १० सुविधा

काठमाण्डौ । महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सम्मान एवं सुभोभन समारोहमा ३१ वटा संस्था सम्मानित भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको उक्त समारोहमा ३१ जना व्यवसायी सम्मानित भएका हुन् ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ३१ व्यवसायीलाई आज सम्मान गरेका हुन् ।  तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी...

१०० अर्ब डलरको अर्थतन्त्रसहित दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यबारे अर्थमन्त्रीलाई जानकारी
ECONOMY& POLITICS

१०० अर्ब डलरको अर्थतन्त्रसहित दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यबारे अर्थमन्त्रीलाई जानकारी

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।  परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले...

कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?
NEWS

कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर  निर्धारण गरेको छ ।कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर...

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था
ECONOMY& POLITICS

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था

काठमाण्डौ । अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले यो कार्यविधि बनाएको हो ।यो कार्यविधि अर्थ मन्त्रालयले स्विकृत गरेको मितिदेखि लागू हुनेछ ।  किताबखानाबाट जारी...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन
ECONOMY& POLITICS

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् । मङ्गलबार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज शर्मालाई  सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।  बिगत लामो समयदेखि...

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत...

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी
NEWS

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाण्डौ । गुगलले एन्ड्रोइड र क्रोमओएसलाई मर्ज गर्ने योजना बनाएको छ । जसपश्चात प्रयोगकर्ताहरुले एउटा नयाँ प्लेटफर्म प्राप्त गर्नेछन् ।  यो एउटा शक्तिशाली सिंगल अपरेटिङ सिस्टम हुनेछ । जानकारीका अनुसार एन्ड्रोइड इकोसिस्टमका प्रेसिडेन्ट समिर सामतले क्रोम ओएस र एन्ड्रोइडको विशेषतालाई एउटै प्लेटफर्ममा समावेश गर्ने बताएका छन् ।  

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग
NEWS

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका राजकुमार गुप्ताले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय घुस लिएको आरोप सार्वजनिक भएपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो पद त्यागेको घोषणा गरेका हुन्।

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा
NEWS

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा

काठमाण्डौ । नियुक्तिको साढे ४ महिनामै बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् ।  फर्जी कागजात पेश गरेर बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको आरोप लागेका उनको विषयमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सरकारले निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.