बालेनको बहिर्गमनपछि तातियो सदन, सांसदलाई सभामुखको चेतावनी
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएलगत्तै बैठकबाट बाहिरिएपछि संसद्मा केहीबेर फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ ।प्रधानमन्त्रीको बहिर्गमनपछि बोल्न समय माग्दै केही सांसदहरू उभिएपछि सभामुखले कडा असन्तुष्टि जनाएका हुन् ।

