तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’
– प्रकाश न्यौपानेकाठमाण्डौ । अमेरिकामा धमाधम बैंकहरु डुब्न थालेपछि विश्व बजारमा हलचल मच्चिरहेको छ। अहिले विश्वभर चासोको विषय नै अमेरिकी बैंकिङ सेक्टर बनेको छ। विश्वकै ठूलो अर्थतन्त्रको बैंकिङ सेक्टरमा देखिएको समस्याले मन्दीको त्रास पनि उत्तिकै बढेको छ। रुस–युक्रेन युद्ध निम्त्याइरहेको मन्दीलाई अमेरिकाको बैंकिङ सेक्टरमा परेको प्रभावले थप बल पुगिरहेको विश्व बजारका...

