जिदानको डेब्यु खेलमै फ्रान्स विजयी, एमबाप्पे घाइते
काठमाण्डौ । जिनेदिन जिदानको नेतृत्वमा पहिलो खेल खेलेको फ्रान्सले यूईएफए नेसन्स लिगमा टर्कीलाई १–० ले पराजित गरेको छ। तर, जितसँगै फ्रान्सले कप्तान किलियन एमबाप्पेको चोटको चिन्ता व्यहोर्नुपरेको छ।खेलको एकमात्र गोल गरेका एमबाप्पे त्यसै क्रममा घाइते भएका थिए। गोल गरेपछि केही समय मैदानमा टिक्ने प्रयास गरे पनि घुँडामा समस्या देखिएपछि उनले खेल पूरा गर्न सकेनन्। खेलको एक घण्टा...

