बुधबार, भाद्र २५,२०८२ 10:36:25
  • बुधबार, भाद्र २५,२०८२ 10:36:25
Global IME Bank Limited

कामदारलाई उपहार दिने तय भएको १३ अर्ब डलर मूल्यबराबरको सेयर गायब

Hyundai Nepal
कामदारलाई उपहार दिने तय भएको १३ अर्ब डलर मूल्यबराबरको सेयर गायब

काठमाण्डौ । कल्पना गर्नुस त, यदि करडौ मूल्य पर्ने सेयर रातारात गायब भयो भने तपाई के गर्नुहुन्छ ? एक जना अरबपतिले आफ्नो मालीलाई १३ अर्ब डलर मूल्यबराबरको सेयर उपहारको रुपमा दिने बाचा गरेका थिए । तर अहिले यो सेयर गायब भएको छ । यो घटना फ्रान्सको हो ।  

यो घटना फ्रान्सको चर्चित फेशन कम्पनी हरमेसका मालिक निकोलस प्युचसँग जोडिएको छ । प्युच दिग्गज फ्रान्सेली उद्योगपति मध्ये एक हुन् । गत वर्ष उनले आफ्ना पूर्व मालीलाई आधा सम्पत्ति दिने घोषणा गरेपछि उनी चर्चामा आएका थिए । हरमेसका संस्थापक थियरी हरमेजका उत्तराधिकारी ८१ वर्षिय निकोलस प्युचले आफ्ना मालीलाई दिन भनेर ६० लाख कित्ता सेयर राखेका थिए । यो सेयरको मूल्य १३ अर्ब डलर हुन आउँछ । निकोलसले अदालतमा यो सबै सेयर गायब भएको भन्दै उजुरी दिएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निकोलसले आफ्ना पूर्व वेल्थ म्यानेजरमाथि सेयर गायब गरेको आरोप लगाएका छन् । ती म्यानेजरले २० वर्ष उनीसँग काम गरेका थिए । तर स्विट्जरल्याण्डको एक अदालतले निकोलसको दाबी खारेज गरेको छ । अदालतले उनले धोकाधडीको कुनै पनि प्रमाण पेश गर्न नसकेको जनाएको छ ।  

यो सेयर सन् २०१२ मा स्विट्जरल्याण्डको जेनेभाका अवस्थित एक बैंकमा राखिएको थियो । तर अहिलेसम्म सेयर कहाँ गयो भनेर कुनै पत्तो लाग्न सकेको छैन ।  

निकोलसको कुनै पनि सन्तान छैनन् । यहि कारण उनले आफ्नो आधि सम्पत्ति आफ्ना मालीलाई दिने बाचा गरेका थिए । उनले ती मालीलाई धर्मपुत्रको रुपमा स्वीकार्ने समेतको योजना बनाएका थिए ।  

रिपोर्टका अनुसार निकोलससँग हरमेस कम्पनीको ५.७ प्रतिशत सेयर स्वामित्व छ । उनी कम्पनीको सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी हुन् । फोब्र्सका अनुसार निकोलसको कुल सम्पत्ति ११.७ अर्ब डलर रहेको छ । उनी विश्वको १६१ औं धनी व्यक्ति हुन् ।  

निकोलसले आधि सेयर दिने भनेका मालीको बारेमा भने खासै जानकारी बाहिर आएको छैन । तर उनी मोरक्कोमा जन्मिएको र उनको उमेर ५१ वर्ष रहेको जनाइएको छ ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.