बुधबार, भाद्र २५,२०८२ 09:32:23
  • बुधबार, भाद्र २५,२०८२ 09:32:23
Global IME Bank Limited

फ्रान्सले फेला पार्यो ९२ अर्ब डलरको विश्वकै सबैभन्दा ठूलो हाईड्रोजन भण्डारण

Hyundai Nepal
फ्रान्सले फेला पार्यो ९२ अर्ब डलरको विश्वकै सबैभन्दा ठूलो हाईड्रोजन भण्डारण

काठमाण्डौ । फ्रान्सले विश्वकै सबैभन्दा ठूलो हाईड्रोजन खानी फेला पारेको छ । जियोरिसोर्सेस ल्याब्रोटरी र सीएनआरएसका वैज्ञानिकको टोलीले ९२ अर्ब डलरबराबरको हाईड्रोजनको भण्डारण पत्ता लगाएका हुन् ।  

मिथेनको खोजीको क्रममा वैज्ञानिकले यो सफलता हात पारेका हुन् । वैज्ञानिकहरुले पृथ्वीको ४ हजार १०१ फिट(१ हजार २५० मिटर)को गहिराईमा ठूलो परिणामको ह्वाइट हाईड्रोजनको भण्डारण फेला पारेको जनाइएको छ ।  

हाईड्रोजनको यो स्वरुपलाई ग्रीन हाईड्रोजन जस्तो औद्योगिक उत्पादनको आवश्यकता पर्दैन । ग्रीन हाईड्रोजनलाई भने नविकरणीय उर्जा वा जिवाश्म इन्धनबाट प्राप्त ग्रे हाईड्रोजनको प्रयोगबाट उत्पादन गरिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फ्रान्समा पत्ता लागेको ह्वाइट हाईड्रोजनको भण्डारण विश्वको वार्षिक ग्रे हाईड्रोजन उत्पादनको आधिभन्दा बढी हुन आउछ । र यसको उत्खननमा वातावरणीय नोक्सान र खर्च समेत निकै कम हुने जनाइएको छ । ह्वाइट हाईड्रोजनलाई प्रभावकारी रुपमा निकालिए यसले कार्बन उत्सर्जनबिनै न्यून उर्जा खर्चमा स्वच्छ उर्जा उपलब्ध गराउने विज्ञहरुले बताएका छन् । मिडिया रिपोर्टहरुमा यो हाईड्रोजन भण्डारणको मूल्य ९२ अर्ब डलर बताइएको छ ।  

हाईड्रोजन उद्योगले वर्षौदेखि ग्रीन हाईड्रोजनको उच्च उत्पादन खर्च र ग्रे हाईड्रोजनबाट हुने प्रदुषण गरी मुख्यतः दुईवटा चुनौतीहरुको सामना गरिरहेको छ । यस्तोमा यी दुवै समस्याको समाधानको रुपमा ह्वाइट हाईड्रोजन रहेको छ । पहिलेदेखिनै पृथ्वीको गर्भमा रहेका कारण ह्वाइट हाईड्रोजनलाई इलेक्ट्रोलिसिस जस्तो प्रक्रिया आवश्यक पर्दैन । यस्तै यसको उत्पादन जिवाश्म इन्धनमा समेत निर्भर हुदैन ।  

फ्रान्समा फेला परेको यो भण्डारणले त्यहाँको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउदै फ्रान्सलाई हरित उर्जाको क्षेत्रमा युरोपकै अग्रेणी खेलाडीको रुपमा उभ्याउने अपेक्षा गरिएको छ । फ्रान्सलाई हात लागेको यो सफलताले अन्य देशहरुलाई समेत ह्वाइट हाईड्रोजनको खोजी गर्न भौगोलिक सर्भे गर्न प्रोत्साहन गर्ने देखिन्छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.