मेटाले ५% कर्मचारीलाई जागिरबाट निकाल्ने
काठमाण्डौ । सामाजिक प्लेटफर्म फेसबुक तथा ह्वाट्सएपको माउ कम्पनी मेटाले ३ हजार ६ सय कर्मचारीलाई कामबाट निकाल्ने भएको । मेटाले प्रदर्शनमा आधारित रोजगार कटौती योजनाअनुरुप यस्तो निर्णय गरेको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले यो निर्णयबाट लगभग ५ प्रतिशत कर्मचारी प्रभावित हुने बताएका छन् । सेम्टेम्बर २०२४ को डेटाका अनुसार मेटामा करिब ७२ हजार कर्मचारीले काम गरिरहेको छन् ।...