काठमाण्डौ । फेसबुक,इन्स्ट्राग्राम र ह्वाट्स एप जस्ताको प्यारेन्ट कम्पनी मेटाले भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार गत मार्च महिनामा मुकेश अम्बानीका छोराको प्रि वेईडिङ समारोहमा सहभागी हुन भारत आएका बेला मेटाका संस्थापक मार्क जुकरबर्गले डेटा सेन्टर स्थापनका लागि रिलायन्ससँग सम्झौता गरेका छन् ।
भारतमा स्थापना हुने डेटा सेन्टरबाट मेटाको फेसबुक,इन्स्ट्राग्राम, र ह्वाट्स एप जस्ता एपहरुमा स्थानिय स्तरमा प्रयोगकर्ताद्वारा तयार गरिएको कन्टेन्टहरु प्रोसेसिङ गर्न सहयोग पुग्नेछ । तर यसबारेमा आधाकारिक रुपमा भने कुनै बयान आएको छैन ।
मेटाले रिलायन्स इन्डस्ट्रिजको क्यापम्समा भारतमा आफ्नो पहिलो डेटा सेन्टर स्थापना गर्ने लागेका हुन् । यो क्याम्पसमार्फत मेटाले भारतका अन्य स्थानमा ४–५ वटा नोड्स अपरेटर पनि गर्नेछ । जसले भारतमा तीव्र रुपमा डेटा प्रोसेसिङको अनुमति प्राप्त हुनेछ । अहिले भारतीय ग्राहकको डेटा सिंगापुरमा रहेको मेटाको डेटा सेन्टरमा हुने गरेको छ ।