मंगलवार, श्रावण १२,२०८३ 11:41:43
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:41:43
Bizshala
Global IME Bank Limited

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध हटाउने मेटाको घोषणा

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध हटाउने मेटाको घोषणा
New Office

काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकको कम्पनी मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लागेको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । मेटाले गत शुक्रबार ट्रम्पको आधिकारीक फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।  

कम्पनीले आगामी साताबाट सुरु हुन लागेको रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशन अघि ट्रम्पको अकाउन्टमाथिको प्रतिबन्ध हटाउन लागेको छ ।  

रिपब्लिकनबाट राष्ट्रपतिका लागि अपेक्षित उम्मेदवार र डेमोक्रयाटका उम्मेदवार जो बाइडेनबीच समानता कायम होस् भन्ने अभिप्रायले ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध हटाउन लागेको कम्पनीले जनाएको छ ।  

‘राजनीतिक अभिव्यक्तिलाई अनुमति दिने हाम्रो दायित्वको मूल्यांकन गर्दा अमेरिकी जनताले राष्ट्रपति पदका उम्मेदवारहरुबाट समान रुपमा धारणा सुन्न पाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ,’ मेटाले विज्ञप्तीमा उल्लेख गरेको छ ।  

सन् २०२१ जनवरी ६ मा ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथि लगाइएको २ वर्षको प्रतिबन्ध सन् २०२३ को सुरुवातमा पुनः थप गरिएको थियो ।  

मेटाले प्रतिबन्ध लगाएपछि ट्रम्पले सन् २०२२ मा आफ्नै छुट्टै सामाजिक सञ्जाल साइट बनाएका थिए । जसको नाम ट्रुथ हो । -एजेन्सी

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.