अपि पावरले अपार्टमेन्ट पनि बनाउने, ४ कम्पनीमा लगानी गर्ने प्रस्ताव अनुमोदन
काठमाण्डौ । केही महत्वपूर्ण अजेण्डा पारित गर्दै अपि पावर कम्पनीको साधारण सभा आइतबार(कात्तिक ११ गते) सम्पन्न भएको छ । लाभांश घोषणाका कारण विवादमा तानिएको यो कम्पनीको काठमाण्डौको गौशालाको होटल क्रिष्टल पशुपतिमा बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ।