काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी,नाफा र इपीएसलगायतका वित्तीय सूचकमा सुधार देखिएको हो ।
कम्पनीले यो अवधिसम्ममा विद्युत बिक्रीमार्फत ८५ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६२ करोड ६६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
आम्दानी बढेसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४,४४१.६४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ६४ लाख र १ लाख ६० हजार रुपैयाँ वित्त आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च २करोड ५३ लाख, बिक्री÷वितरण खर्च ४ करोड २६ लाख , ह्रासकट्टी खर्च १४ करोड ७२ लाख र वित्त खर्च ३३ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीले स्टाफ बोनसका लागि ७५ लाख २० हजार रुपैयाँ खर्चिएको छ ।
६ अर्ब ४ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५३ करोड २० लाख र कुल चालु दायित्व ८२ करोड ८२ लाख रुपेयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा २.७५ रुपैयाँ रहेको ईपीएस १०.२६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.१८रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.८३ गुणा र तरलता अनुपात ०.६४ प्रतिशत कायम भएको छ