अरुण काबेली पावरले ५०% हकप्रद निष्कासन गर्ने, साधारण सभा आह्वान
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको मिति र स्थान तय गरेको हो । बैठकले आगामी असोज ३ गते शुक्रबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टल पशुपतिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।