काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार इङ्गवा हाइड्रोपावरमा रहेको उक्त सेयर बिक्री गर्न लागिएको हो।
सेयर बिक्रीसम्बन्धी जानकारी सर्वसाधारणलाई उपलब्ध गराउने उद्देश्यले विद्युत नियमन आयोगद्वारा जारी ‘विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ को दफा ११ बमोजिम १५ दिने सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ।

