सोमबार, जेष्ठ ४,२०८३ 01:06:25
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:06:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अरुण काबेली पावर ३०.१८ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था

Laxmi Sunrise Bank Limited
अरुण काबेली पावर ३०.१८ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था
Shivam Cement

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेड ३० करोड १८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

२०८० असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण बिग्रेका कम्पनीका परियोजना २०८० माघ १० गतेदेखि पुनःसञ्चालनमा आईसकेको छ । बाढी भएको क्षति यकिन गरी दाबी भुक्तानीका लागि पेश गरिएको र उक्त रकम बीमा कम्पनीबाट आईनसकेकाले यो त्रैमासिक प्रतिवेदनमा उल्लेख नगरिएको कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत २३ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ६३ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म कुल ४९ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ कोषको आकार २७ करोड ५८ लाख रुपैयाँले ऋणात्मक र सेयर प्रिमियम फण्ड १० करोड २८ लाख रुपैयाँले धनात्मक छ । कम्पनीको अल्पकालिन कर्जा ६ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५८ करोड ४४ लाख र कुल चालु दायित्व ११ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वर्षिक)७.७५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९५.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.८८ गुणा ऋणात्मक रहेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.