बिहीबार, भाद्र १२,२०८२ 12:02:02
  • बिहीबार, भाद्र १२,२०८२ 12:02:02
Global IME Bank Limited

अरुण काबेली पावरले ५०% हकप्रद निष्कासन गर्ने, साधारण सभा आह्वान

Hyundai Nepal
अरुण काबेली पावरले ५०% हकप्रद निष्कासन गर्ने, साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको मिति र स्थान तय गरेको हो ।  

बैठकले आगामी असोज ३ गते शुक्रबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टल पशुपतिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा काबेली इनर्जी कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालिन कर्जा आंशक भुक्तानी गर्न हाल कम्पनीको कायम चुक्तापूँजीबराबर १ः०.५० अर्थात ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै विभिन्न कम्पनीको संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी सुरक्षित गर्ने र हकप्रदपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।     

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.