नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
काठमाण्डौ । नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।भूमि समस्या समाधान समितिले साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) क्षेत्रका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिने उक्त पुरानो नेवारी बस्तीको जग्गा...

