मंगलवार, श्रावण ५,२०८३ 07:44:15
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:44:15
Bizshala
Global IME Bank Limited

६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन माग

६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन माग
New Office

 

काठमाण्डौ ।   सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीसँग जग्गा व्यवस्थापनका लागि अन्तिमपटक निवेदन माग गरेको छ ।

भूमि समस्या समाधान समितिले भूमिहीन दलित र सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने उद्देश्यले ३५ दिने सूचना जारी गरेको हो ।

सूचनाअनुसार सम्बन्धित स्थानीय तहमा बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचामा निवेदन फाराम भर्नुपर्नेछ ।

निवेदन साउन ४ गतेदेखि ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयले तोकेका स्थानमा खटिएका लगत संकलकमार्फत बुझाउन सकिनेछ ।

समितिले तोकिएको समयभित्र आवश्यक विवरण र कागजातसहित निवेदन पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.