काठमाण्डौ । नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।
भूमि समस्या समाधान समितिले साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) क्षेत्रका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिने उक्त पुरानो नेवारी बस्तीको जग्गा नापजाँच आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भएको थियो। तर जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया र जनसहभागिता पर्याप्त नहुँदा पुर्जा वितरण लामो समय रोकिएको थियो।
विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाको बाँकी प्रक्रिया पूरा गर्दै अहिले ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।
पुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।