रु. ५०० माथि सेयरमूल्य रहेको विकास हाइड्रोमा बाढीको धक्का, ठूलो क्षतिपछि उत्पादन बन्द
काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता ५०० रुपैयाँभन्दा माथि सेयरमूल्य रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजनामा बाढीले ठूलो क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेकाले आयोजना कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने पनि अनिश्चित बनेको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार असोज २५ गते बिहान बूढीगण्डकी नदीमा...

