बुद्धभुमी नेपाल हाईड्रोपावरकी सञ्चालक भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक इल्या दिक्षित भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले आफ्नो व्यक्तिगत तथा पारिवारिक कारणले सञ्चालक पदमा रही रहन असमर्थ भएको जनाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।

