छिमेक लघुवित्तद्वारा नगद तथा बोनस लाभांश वितरण
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई नगद तथा बोनस सेयर वितरण गरेको छ । संस्थाले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आवका लागि पारित भएको ७ प्रतिशत नगद लाभांश(कर समेत) र ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको हो ।