बिहीबार, भाद्र १८,२०८३ 07:23:51
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 07:23:51
Bizshala
Global IME Bank Limited

छिमेक लघुवित्तद्वारा बाढी पिडितका लागि ४१ लाख ३९ हजारभन्दा बढी सहयोग

छिमेक लघुवित्तद्वारा बाढी पिडितका लागि ४१ लाख ३९ हजारभन्दा बढी सहयोग
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संस्थाले सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ।

संस्थाका अनुसार रु. ३० लाख संस्थागत तर्फबाट तथा कर्मचारीहरूबाट संकलित रु. ११ लाख ३९ हजार ७५२ गरी कुल रु. ४१ लाख ३९ हजार ७५२ रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कर्मचारीबाट प्राप्त सहयोगसमेत समेटेर जम्मा गरिएको उक्त रकम अक्षरेपी एकचालीस लाख उनन्चालीस हजार सात सय बाउन्न रुपैयाँ रहेको संस्थाले जनाएको छ।

छिमेक लघुवित्तले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

संस्थाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरू सकुशल फेला परून् भनी प्रार्थना गरेको छ। विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत संस्थाले गरेको छ।

विपद्को कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउनुका साथै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.