काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यामान संस्थापक संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्न लागिएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको मध्यबानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

