डिप्रोक्स लघुवित्तको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।संस्थाका संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

