काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
संस्थाका संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
संस्थाले बिक्री गर्न लागिएको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त नभएमा अन्य व्यक्तिलाई संस्थापक समूहमा रहने गरी उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।