काठमाडौं। ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सम्पन्न प्रदर्शनीको अन्तिम दिन बुधबार ६ हजार ५८१ जनाले अवलोकन गरेका थिए । उक्त दिन मात्रै २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।
मेला संयोजक सुमन महर्जनका अनुसार प्रतिकूल मौसमका बाबजुद प्रदर्शनीमा अवलोकनकर्ता र कारोबार अपेक्षाअनुसार नै रहेको थियो । प्रदर्शनीको पाँचौँ दिन ६ हजार ७५६ जनाले अवलोकन गर्दा २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो ।
प्रदर्शनी समापनका अवसरमा सहभागी पुष्प व्यवसायीलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै, शुभदीपावलीको अवसरमा सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरिएको एसोसिएसनले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।