दाउन्ने एग्रो फार्म आईपीओ ल्याउने तयारीमा, डाक्यो साधारण सभा
काठमाण्डौ । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर २८ गते शुक्रबारका दिन चितवनमा रहेको होटल स्टार चितवनमा दिनको ११ बजेदेखि सुरु हुनेछ । सभामा धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति लिने प्रस्ताव पारित गरिनेछ ।