योगदानमा आधारित निवृत्तभरण कोषमा ४ हजार बढी कार्यालय तथा संस्था आवद्ध, रु.१५ अर्ब जम्मा
काठमाण्डौ । कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ ।गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिव ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित...