गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय
काठमाण्डौ । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । सहकारी छानबिन विशेष समितिको आज बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो । बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम,...