हिमालयन सेक्युरिटिजको पाँचौँ साधारण सभा सम्पन्न, ८% नगद लाभांश पारित
काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कमलादीमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो । सभाले कम्पनीको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण)लगायतका वार्षिक विवरणमाथि छलफल गरी पारित गरेको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम...