हिमालय उर्जा विकास ३.४९ करोड नाफामा, आम्दानी २९% ले बढ्यो
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेड आम्दानी बढाउदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनी ११ करोड १५ लाख घाटामा थियो । कम्पनीको कुल आम्दानी २९.७८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २४ करोड ९४ लाख रहेको कुल आम्दानी २३ करोड ३७ लाख पुगेको छ । कम्पनीको रोयल्टी खर्च ६३ लाख ३१...