• सोमबार, श्रावण २६,२०८२ 12:45:48
Global IME Bank Limited

१५.८० करोड घाटामा रहेको हिमालय उर्जा नाफा कमाउन सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
१५.८० करोड घाटामा रहेको हिमालय उर्जा नाफा कमाउन सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेड आम्दानी बढाउदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १५ करोड ८० लाख घाटामा थियो ।  

कम्पनीको कुल आम्दानी ३२.७४ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४२ करोड ३४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । कम्पनीको रोयल्टी खर्च ८३ लाख २४ हजार, प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च ५ करोड १५ लाख, वित्त खर्च १८ करोड १० लाख र ह्रासकट्टी खर्च १३ करोड ६२ लाख रहेको छ । कम्पनीको सञ्चालन मुनाफा भने ३६ करोड ३त्५ लाख रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनीको रिजर्भको आकार भने १७ करोड ७८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति २० करोड ५८ लाख र कुल चालु दायित्व १ करोड ३७ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९१.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८२.०३ रुपैयाँ र तरलता अनुपात १४.९७ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.