बिहीबार, आश्विन ३,२०८१ 07:16:32
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:16:32
IME remit
Global IME Bank Limited

हिमालय उर्जाको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउँछन् ?

Hyundai Nepal
हिमालय उर्जाको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउँछन् ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको हो ।   

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ १२ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाएको थियो । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.