काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले सीआईटीको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कोषको सेयरमूल्य प्रतिकित्ता १ हजार ८७३.६८ रुपैयाँ कायम भएको छ ।
कोषको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ हजार १३६ रुपैयाँ कायम थियो ।
त्यस्तै हिमालयन उर्जा विकासको पनि शतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १८४.५० रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६९ रुपैयाँ थियो । आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                